निर्देशन लामिछाने भन्छन्- 'चित्रा' दर्शकलाई मन पर्छ
फिल्म 'चित्रा' आगामी पुस २७ गते रिलिज हुँदै छ । यो फिल्मलाई घनश्याम लामिछाने निर्देशन गरेका छन् । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीव्र प्रचारप्रसार लागिरहेको छ ।
फिल्म ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रूपमा उठान गरेको छ । यसका निर्देशक लामिछानेले प्रचारका क्रममा फिल्मका सम्पूर्ण कलाकारहरूले निकै राम्रो काम गरे र फिल्म भित्र दर्शकलाई मन नपर्ने कुनै विषय रहेको बताएका छन् ।
निर्देशन लामिछाने विश्वासका साथ भन्छन्, 'दर्शकलाई फिल्म मन पर्छ त्यसमा म पूर्ण विश्वस्त छु । चित्रा दर्शकले कतिको मन पराउनु हुन्छ भन्ने कुरामा पनि उत्सुकतामा छु । किन, की मैले यसमा नयाँ कुरा केही दिएको छैन । दर्शकले मन नपराउने कुरा फिल्ममा छदैछैन । यो युनिभर्सल एउटा सत्य हो, बाबु छोरी सम्बन्ध । त्यो सम्बन्धलाई र यो विषय मन नपराउने दर्शकहरुनै को होला र ? त्यस कारण नै यस फिल्ममा त्यो पावरसँगै आकर्षण छ ।
फिल्ममा रोदनका कथा मात्र नभएर धेरै मसलाहरू पनि मिसिएको लामिछानेको भनाइ छ ।
फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ ।
यस्तै, फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, महेश पौडेलको छायांकन छ ।
प्रतिक्रिया