धिरज र उपासना पहिलो पटक एकसाथ देखिदै
नायक धिरज मगरले अभिनय गर्ने भनिएको फिल्म ‘पञ्चामृत’को छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । फिल्मको छायांकनका लागि अझै केही समय पर्खिनुपर्ने देखिएको छ । तर, यही बीचमा धीरजले नयाँ फिल्म साइन गरेको खबर छ ।
अशोक थापाले निर्देशन गर्न लागेको अनटाइटल प्रोजेक्टमा धिरज अनुबन्धित भएका हुन् ।
यो फिल्मको छायांकन जनवरीको दोस्रो साताबाट सुरु हुन लागेको वुझिएको छ । निर्माणपक्षले भने यो फिल्मको बारेमा केही पनि बताएको छैन ।
यो फिल्ममा धिरजको जोडीको रुपमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको छ । धिरज र उपासनाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
उपासनाले अभिनय गरेको फिल्म ‘हातीछाप’ माघको २६ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा पनि उपासना व्यस्त हुँदैछिन् ।
धिरज र उपासनाको जोडी पहिलो पटक पर्दामा देखिन लाग्दै गर्दा उनीहरूका फ्यानका लागि पक्कै उत्साह पैदा हुनेछ । यी दुइको लभ स्टोरी कथाले दर्शकमा कौतूहलता थप्ने निश्चित छ ।
प्रतिक्रिया