सिड्नीमा स्वस्तिमा

यो बर्ष रिलिजमा आएका तीन फिल्म मध्ये दुई फिल्म हिट भएपछि नायिका स्वस्तिमा खड्का मख्ख छिन् । उनले अभिनय गरेको फिल्म ‘पशुपति प्रसाद २ र दिमाग खराब’ले बक्स अफिसमा सुखद कमाई गरे । यसले खुशी दिएपछि स्वस्तिमा दंग छिन् ।

उनै, स्वस्तिमा फिल्म ‘दिमाग खराब’को शोजका लागि अष्ट्रेलीया पुगेकी छिन् । केही दिन अगाडि स्वस्तिमा निश्चल बस्नेतको साथमा अष्ट्रेलीया पुगेकी छिन् । अष्ट्रेलीयाका विभिन्न शहरमा यो फिल्मको शोज भइरहेको छ । 

सिड्नीमा स्वस्तिमाले पिंक रंगको पहिरन लगाएर खिचाएको तस्विर आकर्षक छ । विदेशमा पुगेपछि स्वस्तिमा अझै बढी खुल्ने गरेकी छिन् । 

अष्ट्रेलीया उड्नु अगाडि स्वस्तिमाले मेरो फिल्मसँग कुरा गर्दै करिब डेढ महिना नयाँ फिल्म साइन नगर्ने बताएकी थिइन् । तर, आफूलाई फिल्मको अफर आइरहेको र केहीको स्क्रिप्ट पढिरहेको उनको भनाई थियो । 

यसैले, नेपाल फर्किएपछि मात्र स्वस्तिमाले नयाँ फिल्म साइन गर्नेछिन् । स्वस्तिमा वर्तमान समयको उच्च माग भएकी नायिका हुन् ।