‘प्रेमगीत’पछि फेरि सुदर्शन र प्रदीपको सहकार्य हुँदै
निर्देशक सुदर्शन थापा र नायक प्रदीप खड्काले एकसाथ फिल्म ‘प्रेमगीत’मा काम गरे । यो फिल्मले प्रदीप खड्कालाई नेपाली फिल्म क्षेत्रमा स्टार नायकको रुपमा स्थापित गरिदियो । प्रदीपको क्रेज यसपछि चुलिएको छ ।
यो फिल्ममा काम गरेपछि प्रदीप र सुदर्शनको सम्बन्धमा दरार आयो । उनीहरूको टिम अलग भयो । नायिका पूजा शर्मा र निर्देशक थापा एक टिम भएर काम गर्न थाले भने निर्माता सन्तोष सेन र नायक खड्काले अर्को टिम बनाएर काम गर्न थाले ।
प्रदीप र सुदर्शनले केही बर्षपछि फेरि सहकार्य गर्ने भएका छन् । निर्देशक सुदर्शन थापाले दुई वटा फिल्मको लागि तयारी गरिरहेका छन् । उनले, फिल्म ‘रावायण’लाई पनि अगाडि बढाउने तयारी गरेको वुझिएको छ । यस्तै, अर्को एक फिल्मको कथामा पनि उनले काम गरिरहेका छन् ।
प्रदीपसँग काम गर्ने विषयमा सुदर्शनको सहमति भइसकेको छ । तर, ‘रावायण वा अर्को फिल्म’मध्ये कुनमा काम गर्ने भन्ने विषयमा फाइनल भइसकेको छैन ।
सुदर्शन र प्रदीप पनि एक अर्कासँग काम गर्न तयार भइसकेका छन् । प्रदीपले तीन वटा फिल्ममा काम गर्ने पक्का भइसकेको छ ।
विशेषश्रोतका अनुसार, प्रदीपले अब काम गर्ने तरिका बदलेका छन् । कुनै समय कम फिल्म गर्ने प्रदीप अब आफूसँग सम्बन्ध बिग्रिएका सबैसँग सुधार्ने सोचमा लागेका छन् । यसैले, उनले फिल्म क्षेत्रका मानिसहरूसँग सम्बन्ध सुधारिरहेका छन् ।
प्रदीपले ‘पुजार सार्की, ऐरी, एक्टर’मा काम गर्ने पक्का भइसकेको छ । अब, उनी सुदर्शन थापासँग पनि काम गर्न तयार भएका छन् ।
प्रतिक्रिया