‘पागल घोडा’ नाटकमा अभिनय गर्दै मलिका, ४ फरक भूमिकामा देखिने

नेपाली फिल्मका कलाकारहरूको रुची नाटकमा पनि खुबै हुने गरेको छ । नाटकमा अभिनय गरेर कलाकारहरू आफूलाई झनै निखार्न चाहन्छन् । यसैले, समय–समयमा कलाकारहरूको नाटक मोह देख्न सकिन्छ । 

नायिका मलिका महतले पनि नाटकमा अभिनय गर्ने भएकी छिन् । उनले अभिनय गर्न लागेको नाटकको नाम ‘पागल घोडा’ हो । यो नाटकका लागि मलिका विगत केही समयदेखि वर्कशपमा छिन् । 

यो नाटकमा मलिकासँगै कलाकारहरू प्रमोद अग्रहरी र आशान्त शर्माले पनि अभिनय गर्दैछन् । मलिकाले यो नाटकमा चार फरक–फरक भूमिका निर्वाह गर्न लागेको वुझिएको छ ।

बङ्गाली लेखक ‘बादल सरकार’को लेखन रहेको यो नाटकको मञ्चन पुषको १२ गतेदेखि सुरु हुँदैछ । घनश्याम श्रेष्ठले निर्देशन गरिरहेको यो नाटकले पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको आत्महत्या दुरुत्सानको मुद्दालाई यो नाटकले उठाउनेछ । 

फिल्मको कुरा गर्दा, मलिकाले ‘सतीदेवी र अगस्त्य’मा काम गरेकी छिन् । फिल्म ‘सतीदेवी’को आज धरानमा र भोलि विर्तामोडमा विशेष शोको आयोजना समेत गरिएको छ । यसका लागि मलिका धरान पुगेकी छिन् ।