दिल्लीबाट अमेरिका उडेकी थिइन् रेखा
नायिका रेखा थापा दिल्लीबाट अमेरिका उडेको वुझिएको छ । नेपालबाट उड्दा फोटो सार्वजनिक हुने डर रेखालाई थियो । यसैले, उनी दिल्ली पुगेर अमेरिका उडेकी हुन् ।
अमेरिका पुगेर उनले आफ्ना श्रीमान् बलराम शाहीको जन्मदिन समेत सेलिव्रेशन गरिसकेकी छिन् ।
रेखाले सन्तानलाई अमेरिकामा नै जन्म दिने तयारी गरेकी छिन् । यसैले, उनी डाक्टरले दिएको मिति भन्दा २ महिना अगाडि नै अमेरिका उडेकी हुन् ।
रेखा अमेरिका उडेको समाचार सार्वजनिक भएसँगै यसलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
देश बनाउँछु भनेर प्रतिनिधि सभाको निर्वाचनमा समेत होमिएकी रेखाले अन्ततः सन्तानलाई नेपालमा जन्म दिन नचाहेको भन्दै केही व्यक्तिहरूले आलोचना गरिरहेका छन् । केहीले भने यो रेखाको निजी मामला भएको बताएका छन् ।
रेखाले फिल्म ‘उपहार’को प्रचार समेत गरिसकेकी छिन् । उनले, आफू ५ महिनापछि नेपाल फर्किने र नयाँ फिल्म खेल्ने जानकारी आफू निकट फिल्मीकमीहरुलाई दिएकी छिन् । रेखाले अमेरिका जानु अगाडि श्रीमान् बलरामसँग फोटोसुट समेत गरेकी छिन् ।
प्रतिक्रिया