आफैलाई माया गर्न थालेकी छुः करिश्मा श्रेष्ठ
नायिका करिश्मा श्रेष्ठले पछिल्लो समयमा आफूले आफूलाई नै माया गर्न थालेको बताएकी छिन् । मेरो फिल्मसँग कुराकानी गर्दै यी नायिकाले आफूलाई अझै उत्कृष्ट बनाउनका लागि आफूले केही बर्ष फिल्ममा काम नगरेको तर्क गरिन् ।
करिश्माले भनिन्–‘म फिल्म क्षेत्रबाट टाढा भएकी थिइनँ । बरु, आफूलाई नै अझै उत्कृष्ट बनाउन लागिपरेकी थिएँ । फिल्मबाट अफर पनि आएको थियो । तर, कथामा चित्त नवुझेपछि काम गर्न सकिनँ ।’
करिश्माले यो बर्ष मात्र फिल्म ‘मायावी र ११ः५५’मा काम गर्दैछिन् । यी दुवै फिल्मलाई लिएर आफू उत्साहित भएको उनको भनाई थियो ।
३ वटा फिल्ममा काम गरेपछि करिश्माले केही बर्ष फिल्ममा काम नै गरिनन् । अर्को एक प्रसंगमा उनले आफ्ना पूर्व प्रेमी सलोन बस्नेतको प्रगतिले खुशी बनाएको तर्क गरिन् ।
उनले भनिन्–‘सलोनजीको बिहेका कारण म हराएकी हुँ भन्ने पनि कतिपयलाई परेको होला । तर, त्यो बेलामा त म अझै हाइपमा पो थिएँ । करिश्माजी र सलोनजीको जोडी निकै राम्रो छ । सलोनजी बाबु बन्न लाग्नुभएको खबर पनि सुनेकी छु । दुवै जनालाई धेरै धेरै बधाई छ ।’
प्रतिक्रिया