‘सञ्जिवनी’ पर्खदै श्रद्धा, म्युजिक भिडियोले कहिलेसम्म धान्ला ?

निर्देशक दिनेश श्रेष्ठले बनाउने भनिएको फिल्म ‘सञ्जिवनी’को छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । फिल्मका मुख्य नायक आर्यन सिग्देल नयाँ फिल्म ‘पुजार सार्की’ तर्फ लागिसकेका छन् । यसैले, अब त यो फिल्म बन्छ या बन्दैन भन्ने नै पक्का छैन ।
यो फिल्मबाट मोडल कुसुम शर्माले फिल्म क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी थिइन् । यही फिल्मका लागि उनले अन्य केही फिल्मको अफर पनि छाडिन् । अहिले कुसुम यता न उताको भएकी छिन् ।
यो फिल्ममा नायिका श्रद्धा क्षेत्रीले पनि काम गर्ने पक्का भएको थियो । फिल्म ‘कृष्णलीला’मा काम गरेपछि श्रद्धाले नयाँ फिल्मको रुपमा ‘सञ्जीवनी’ मात्र साइन गरेकी हुन् । तर, यो फिल्म पनि बन्ने नबन्ने पक्का नहुँदा श्रद्धालाई पनि समस्या भएको छ । उनले, केही म्युजिक भिडियोमा काम गरिरहेकी छिन् ।
तर, म्युजिक भिडियो निर्माणमा ठूलो गिरावट आएकाले गर्दा कलाकारलाई फिल्मतर्फको यात्रा तय गर्न पनि आवश्यक देखिएको छ ।
श्रद्धाको पहिलो फिल्म चलेन । काम गर्ने भनिएको दोस्रो फिल्म बन्ने नबन्ने पक्का छैन । यस्तो अवस्थामा उनी पनि निराश छिन् ।

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !

प्रतिक्रिया