वान सिनेमाज्मा आक्रामक ‘एनिमल’, मुभी लभरको रोजाइमा हल
काठमाडौंको नयाँ बाँनेश्वरमा अवस्थित आई प्लेक्स मलको चौथो तलामा रहेको वान सिनेमाज् मुभी लभरहरुको रोजाइमा परिरहेको छ ।
आज शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘एनिमल’को आक्रामक बुकिङले पनि यो कुराको पुष्टि गर्छ । यो फिल्मलाई नयाँ बाँनेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज्ले २२ शोज उपलब्ध गराएका छन् । दुवै हलमा आज र भोलिका लागि अधिकांश शोजको टिकट सोल्ड आउट भइसकेको छ ।
विशेषगरि, सुविधा सम्पन्न हल, उत्कृष्ट व्यवस्थापन, उत्कृष्ट साउन्ड र सुविधाजनक स्थानमा भएकाले पनि यो हल दर्शकको रोजाइमा परेको हो । यस्तै, कालिमाटीमा रहेको वान सिनेमाज् पनि मुभी लभरहरुको रोजाइमा परिरहेको छ । कालिमाटीमा पनि ‘एनिमल’को बूकिङ आज बिहान ६ बजेदेखि नै आक्रामक छ ।
अधिकांश दर्शकले आफूहरूको हलमा दोहोर्याएर फिल्म हेर्ने गरेको म्यानेजर उमेश राज गिरी बताउँछन् । यहाँको साउन्ड सिस्टम र क्वालिटीले गर्दा दर्शकको रोजाइमा हल परेको उनको भनाई छ ।
यो हलमा नेपाली र विदेशी सबै खालका फिल्मले राम्रो कारोबार गर्ने गरेका छन् ।
‘एनिमल’का लागि वान सिनेमाज् नयाँ बाँनेश्वरमा बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्मको शोज उपलब्ध गराइएको छ । सबै शोजमा आज र भोलि टिकट पाउन मुस्किल देखिएको छ ।
प्रतिक्रिया