श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले लगनगाँठो कस्ने भएकी छन् । श्रृङ्खलाले प्रेमी सम्भव सिरोहियासँग यही मङसिर २८ गते विवाह गर्न लागेकी हुन् ।

श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृङ्खलाले करिब दुई महिना अगाडि मात्रै संभवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् ।

उनले सामाजिक संजालमा केही रोमान्टिक तस्विर सार्वजनिक गर्दै ‘होपलेस–रोमान्टिक’ जोडी भन्दै संभवसँगको प्रेम सम्बन्धमा रहेको बताएकी थिइन् ।

उनीहरूको विवाह हायात होटलमा हुने बताइएको छ । विवाहको रिसेप्सन पनि पुस १ गते हायातमा नै राखिएको छ । यद्यपि, विवाहको बारेमा भने दुवैले कुनै जानकारी दिएका छैनन् । अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् ।

श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् । सम्भव भने कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

यो पनि पढ्नुहोस्

रोमान्टिक तस्वीर शेयर गर्दै श्रृङ्खलाले स्विकार गरिन् संभवसँगको प्रेम सम्बन्ध