बुबा–आमा बन्दै सलोन र करिश्मा
बिबाह गरेको एक बर्षपछि नायक सलोन बस्नेत बुबा बन्ने भएका छन् । सलोन र उनकी श्रीमती करिश्मा केसीले सामाजिक सञ्जालबाटै आफूहरू आमा–बुबा बन्न लागेको खुशी सार्वजनिक गरेका हुन् ।
लुकाउँदा लुकाउँदा पनि एक दुई जना हुँदै धेरै जनालाई थाहा भएको भन्दै सलोन र करिश्माले सामाजिक सञ्जालबाटै नै बाबु–आमा बन्न लागेको खबर सार्वजनिक गरेका हुन् । उनीहरूले भिडियो एक्स रेको फोटो समेत पोष्ट गरेका छन् ।
गतबर्षको मङसिर महिनामा बाँधिएका सलोन र करिश्माको चर्चा वर्षैभरी नै भयो । विशेषगरि, सामाजिक संजालमा सक्रिय रहेकाले गर्दा पनि उनीहरूको चर्चा वर्षैभरी नै रहेको थियो । सलोनले मिडिया कुराकानीमा पनि पहिले आफूहरूले आफ्नो जिन्दगीमा रमाइलो गर्ने अनि मात्र सन्तानको बारेमा सोच्ने बताउँदै आएका थिए ।
तर, सन् २०२४ मा आफूहरू आमा–बुबा बन्न लागेको उनीहरूले सार्वजनिक गरेका छन् । करिश्माको पेटमा २ महिनाको बच्चा हुर्किरहेको वुझिएको छ ।
प्रतिक्रिया