आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/405239698_198489936645473_7258874058539816787_n_E0WriNlLrG_kpdc6ydj25cxfh3ogxpruushwokfrpbtdskgwmgkskyx6mi358yozoavn2r2_l2AAHWNgvs_zyqxoibtzl5vvf8qvpvyjozqzyhbtnakuq0yaktzetuaosqbwunwewvwfoqm.jpg)
भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द सृजना र संगीत छ । सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडियोमा मोडल अन्जान थापा र सलिना खत्रीको अभिनय रहेको छ ।
सार्वजनिक भिडियो हेर्दा प्रेमीका हराएपछि विछिप्त बनेका एक पागल प्रमीको बारेमा दर्शाउन खोजिएको छ ।
देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकाश मगरको सम्पादन, कलर र डिओपी रहेको छ ।
प्रतिक्रिया