खेसारीलालसँग उषाको ‘हमारी जानके के जवानी जिन्दावाद’

नेपाली म्युजिक भिडियोकी सफल मोडल उषा उप्रेतीले एक भोजपुरी फिल्मको गीतमा नृत्य गरेकी छिन् । उनले, भोजपुरी फिल्म ‘राजा रानी’मा समावेश ‘हमारी जान के जवानी जिन्दावाद’मा नृत्य गरेकी हुन् ।

यो फिल्ममा भोजपुरी फिल्मका सुपरस्टार नायक खेसारीलाल यादवको मुख्य भूमिका छ । उषाले भने फिल्मको एउटा गीतमा मात्र नृत्य गरेकी हुन् । 

यो गीतको छायांकन भक्तपुरमा गरिएको हो । यो फिल्मको चार वटा गीतको छायांकन नेपालमा गरिएको हो । जसमध्ये, उषा र खेसारीलालले नृत्य गरेको गीतलाई भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको हो ।

नेपालमा खेसारीलालको राम्रो क्रेज छ । यो गीतको भिडियोमा अभिनय गरेपछि उषाको भोजपुरी फिल्ममा अभिनय गर्ने बाटो खुल्न सक्छ । 

म्युजिक भिडियोमा सर्वाधिक व्यस्त उषाले फिल्ममा भने काम गरेकी छैनन् । तर, उनले आफ्नो फिल्मी करिअरको सुरुवात नै भोजपुरी फिल्मको एक गीतबाट गरेकी छिन् ।