निर्माता संघ र चलचित्र संघबिच ५० प्रतिशत शेयर बाँडफाँडमा सहमती
चलचित्र निर्माता संघ र चलचित्र संघले गठन गरेको बार्ता टोलीको बैठक सकिएको छ । चलचित्र संघमा २ दिनसम्म चलेको बैठकले थुप्रै बुँदामा सहमती गरेको छ । तर, मुख्यगरि ५० प्रतिशत शेयर बाँडफाँडमा दुबै संघको बार्ता टोली सहमतीमा पुगेको छ ।
वार्तामा सहभागी भएका निर्माता तथा कलाकार दीपकराज गिरीले मेरो फिल्मसँग भने–‘उहाँहरुको पनि २ वटा माग हामीसँग छ । यस्तै, हाम्रा पनि अन्य थुर्पै माग थिएँ । यसमा सहमती भएको छ । मुख्यतया ५० प्रतिशत शेयर बाँडफाँडको बिषयमा हामीले सहमती गरेका छौं ।’
योसँगै अब निर्माताले फिल्म प्रदर्शनमा आएको पुरा अवधीभर ५० प्रतिशत शेयर पाउने पक्का भएको छ । यसअघि दुई सातासम्म ५० प्रतिशत र त्यसपछि ५ प्रतिशतका दरले निर्माताले पाउने शेयर घट्दै जान्थ्यो । अब, फिल्म हलमा जती समय चलेपनि निर्माताले ५० प्रतिशत नै शेयर पाउनेछन् ।
यस्तै, दुबै संघको बार्ता टोलीबिच कार्यदल बनाएर अगाडि बढ्ने बिषयमा पनि सहमती भएको छ ।
प्रतिक्रिया