‘सतीदेवी’लाई लुकाइरहेका लक्ष्मण
संचारकर्मीबाट निर्देशक बनेका लक्ष्मण सुवेदीले आफ्नो नयाँ फिल्म ‘सतीदेवी’लाई प्रदर्शनका लागि तयार पारेका छन् । तर, यो फिल्म कहिलेबाट रिलिज हुन्छ, उनले अझै खुलाएका छैनन् ।
यो फिल्मको केन्द्रिय भूमिकामा नायिका मलिका महत्तले काम गरेकी छिन् । फिल्ममा उनको गेटअप कस्तो छ, फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन ।
उसो त, फिल्मको छायांकन सुरु भएपछि आफ्नो गेटअपदेखि भूमिका सबै खुलाउन कलाकारहरु लालयित हुन्छन् । तर, यसपटक लक्ष्मणले मलिकालाई लुकाएका छन् । यसकाकारण, फिल्मप्रति मिडियाकर्मी, फिल्मीकर्मी र दर्शकको चासो पनि बढेको छ ।
फिल्मको फस्टलुक बिहिबार सार्वजनिक गर्ने तयारीमा लक्ष्मण छन् । म्युजिक भिडियोमा जमेकी मलिकाले ‘सतीदेवी’मा कस्तो काम गरेकी छिन्, प्रतिक्षा धेरैलाई छ ।
अर्कोतिर, यो फिल्मको मुख्य हतियार नै लक्ष्मणको कथा र मलिकाको अभिनय हो । यसैले, पनि यो फिल्म चलेको खण्डमा मलिकाको करिअरमा ठूलो परिवर्तन आउनसक्छ । तर, लक्ष्मणले आजसम्म पनि मलिकाको अनुहार लुकाएर दर्शकमा कौतूहलता प्रदान गर्न सफल भएका छन् ।
फिल्म ‘यात्रा र पानी फोटो’मा काम गरेपनि मलिकालाई खासै फाइदा भएन । ‘सतीदेवी’लाई आफ्नै काँधमा बोक्नुपर्ने भएकाले पनि मलिकामाथि ठूलो जिम्मेवारी छ ।
प्रतिक्रिया