सेन्सर बोर्डलाई पत्र लेख्दै बालेनले दिए ४ बुँदे सुझाव
काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले चलचित्र सेन्सर बोर्डलाई पत्र लेख्दै चार वुँदे सुझाव दिएका छन् । उनले, नेपालको मौलिकता, धर्म, संकृति, स्वाधिनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रशारणमा रोक लगाउन आग्रह समेत गरेका छन् ।
बालेनले एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाएको खण्डमा त्यसको रिलिजमा रोक लगाउन समेत आग्रह गरेका छन् ।
बालेनले दिएको चार बुँदे सुझावमा भनिएको छ–‘पञ्चशीलता सिद्धान्त, शान्ती प्रवद्र्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाएको भए प्रशारणमा रोक लगाउने । कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।’
बालेनले कुनै पनि जातजाति, बर्ण, समुदाय, लिङ्ग तथा शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवादमा समेत रोक लगाउन सेन्सर बोर्डलाई आग्रह गरेका छन् ।
बालेनले फिल्मबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्नका लागि सेन्सर बोर्डले गरिरहेको कामको प्रशंसा पनि गरेका छन् ।
प्रतिक्रिया