५० प्रतिशत शेयरमा सहमती नभए निर्माता संघ आन्दोलनमा जाने, ‘दिमाग खराब’ नलाग्ने
नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच वार्ता टोली गठन गरिएको छ । आज चलचित्र संघको टोलीले फिल्म ‘दिमाग खराब’ र चलचित्र निर्माता संघको टोलीसँग छुट्टाछुट्टै वार्ता गरेको थियो ।
दुबै टिमसँग वार्ता गरेपछि चलचित्र संघ र चलचित्र निर्माता संघले नयाँ वार्ता टोली गठन गरेका छन् । वार्ता टोलीले आज नै वार्ता गरेर निष्कर्ष निकाल्ने तयारी गरेको छ ।
चलचित्र संघको तर्फबाट राजकुमार पोखरेलको अध्यक्षतामा वार्ता टोली गठन गरिएको छ । जसमा गोपालकाजी कायस्थ, भास्कर ढुंगाना, नरेन्द्र महर्जन, प्रज्ज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा र दीपेश शर्मा छन् ।
यस्तै, निर्माता संघको वार्ता टोलीको संयोजकको रुपमा अशोक शर्मालाई तोकिएको छ । वार्ता टोलीको सदस्यहरूमा उदय कुमार सुब्बा, दीपकराज गिरी, खगेन्द्र लामिछाने, राम बाबु गुरुङ, रवीन्द्र सिंह बनियाँ र कृषा चौलागाईं रहेका छन् ।
विशेष गरि, निर्माताहरूले शेयर बाँडफाँडमा ५० प्रतिशतको माग राख्दै आएका छन् । निर्माता संघका महासचिव सुनील कुमार थापाले मेरो फिल्मसँग भने–‘आज नै दुवै टोलीबीच वार्ता हुनेछ । यदि, हामीले राखेको ५० प्रतिशतको माग पुरा भएन भने ‘दिमाग खराब’को प्रदर्शन स्थगीत हुनेछ र हामी आन्दोलनमा जान्छौं ।’
प्रतिक्रिया