‘पञ्चामृत’ पर्खिदै धिरज, छायांकन कहिलेबाट ?
निर्देशक मुस्कान ढकालले निर्देशन गर्ने भनिएको फिल्म ‘पञ्चामृत’को छायांकन अझै सुरु हुन सकेको छैन । उसो त, यो फिल्मका लागि कलाकारको लाइनअप पनि पुरा भइसकेको हो । फिल्ममा सौगात मल्ल, धिरज मगर, आँचल शर्मा मुख्य कलाकारको रुपमा अनुबन्धित भइसकेका छन् ।
फिल्मका लागि पोखरा र मुस्ताङमा लोकेशन हेर्ने काम समेत निर्माणपक्षले गरिसकेको छ । तर, भदौबाट छायांकनमा जाने भनिएको फिल्मको काम अगाडि बढ्न सकेको छैन ।
नायक सौगात मल्लले २ दिन अगाडि मात्र फिल्म ‘बलिदान’ साइन गरेका छन् । अर्कातिर, नायिका आँचल शर्मा पनि फिल्म ‘डिग्री माइला’को दोस्रो सेड्यूलको छायांकनको पर्खाइमा छिन् ।
नायक धिरज मगरका लागि भने यो फिल्म महत्वपूर्ण देखिएको छ । किनकी, फिल्म ‘बाबरी, ज्याकीः आई एम ट्वान्टी वान, एक भगवत् र एक गीता’ असफल भएपछि धिरज हिट फिल्मको खोजीमा छन् । यसैले, उनले ‘पञ्चामृत’पछि नयाँ फिल्म साइन गरेका छैनन् ।
तर, ‘पञ्चामृत’को छायांकन सुरु हुने कुनै छाँटकाँट छैन । फिल्मका निर्देशक ढकालले पौषको १५ गतेबाट छायांकन सुरु हुने बताए । तर, मेरो फिल्म स्रोतका अनुसार, केही महिना यो फिल्मको छायांकन सुरु हुने कुनै छाँटकाँट नै छैन ।
नायक सौगात मल्लले ‘बलिदान’ फिल्मलाई समय दिएकाले यो बर्ष ‘पञ्चामृत’को छायांकन सुरु हुने पक्का देखिँदैन । सौगातले अर्को फिल्म ‘कोतपर्व’ पनि साइन गरिसकेका छन् । यो फिल्मको छायांकन पनि चैत्रमा हुने बताइएको छ ।
मुस्कानले २ श्रृङ्खलामा यो फिल्म निर्माण गर्ने तयारी गरेका छन् । तर, पहिलो श्रृङ्खलाको छायांकन नै सुरु गर्न उनलाई समस्या परिरहेको छ ।
प्रतिक्रिया