फिल्म रिलिजको सेड्यूलः हरेक महिना २–३ वटा मात्र फिल्म
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti%2520chap%2520and%2520mahajatra_1aB2ovvyzN_rfq501taax9pcb3jbngk92f9ret6taxisn9fusdxgpzbs723wlkjpnnipgy9_pSdOI2zzFb_qcbfvrx9o2vinzwg6rnjgsvasrtrc6qdb7ee96gmibavvbkm5rh8s64pgjmh.jpg)
भदौ महिनामा निकै चाप देखिएको नेपाली फिल्मको सेड्यूल असोज लागेपछि भने कम बन्यो । असोजमा ‘वानर सेना र परदेशी २’ मात्र रिलिजमा आएका थिए ।
कार्तिकमा दशैं र तिहार जस्ता ठूला पर्व भएपनि फिल्म रिलिजको संख्या भने जम्मा २ वटा देखियो । कार्तिक महिनामा ‘पशुपति प्रसाद २ र दिमाग खराब’ मात्र रिलिजमा आएका थिए ।
मंसिर महिनामा फिल्म रिलिजको सेड्यूल झनै कमजोर छ । यो महिना २९ गते फिल्म ‘दुई कदम’ रिलिज हुँदैछ । यसअघि ३ साता कुनै फिल्म रिलिजको सेड्यूल छैन । यसले, कतै यो बर्ष नेपाली फिल्म नै कम बनेका हुन् कि भन्ने देखाएको छ ।
पौष महिनामा पनि फिल्म रिलिजको बलियो सेड्यूल छैन । पौषको २७ गतेबाट ‘चित्रा, देववाणी, पर्खि बसेँ तिमीलाई’ गरी ३ फिल्म मात्र रिलिज छन् । यसअघि पौष महिनाका ३ साता ठूला हिन्दी फिल्म आउने भएपछि निर्माता तर्सिएका छन् । उसो त, पौष महिनाको जाडोका कारण पनि फिल्म रिलिज गर्न निर्माताहरु खासै अगाडि सर्दैनन् ।
माघमा भने ४ वटा फिल्म रिलिज हुने देखिएको छ । माघको १९ गते ‘नम्बरी सुन’ रिलिज हुनेछ । माघको २६ गते भने ‘हात्तीछाप, दयारानी र हनी बनी’ रिलिजको तयारीमा निर्माताहरु छन् । कुनै मितिमा फिल्म नै नहुने तर कुनै मितिमा ३ वटासम्म फिल्म जुध्ने परम्परा नेपाली फिल्मका लागि नयाँ होइन ।
फागुण महिनामा पनि अहिलेसम्म ३ वटा फिल्म रिलिज हुने देखिएको छ । फागुणको २५ गते ‘उपहार, रंगेली र काँडेतार, अगस्त्य’को रिलिजमा निर्माताहरु लागेका छन् । यो महिनाको पनि ३ सातामा कुनै फिल्म रिलिजको सेड्यूल छैन । तर, एउटै मितिमा भने निर्माताहरु हानथाप गरिरहेका छन् ।
चैत्र महिनामा अहिलेसम्म ‘महाजात्रा’ रिलिजको मिति तोकिएको छ । यो फिल्म चैत्रको ९ गतेबाट रिलिज हुनेछ । यसपछि, नयाँ बर्षलाई लक्षित गरेर फिल्म ‘डिग्री माइला’ रिलिज हुने सेड्यूल छ ।
यसरीहेर्दा, अहिलेसम्मको प्रदर्शनको सेड्यूल अनुसार अबको ५ महिनामा १४ वटा फिल्मको प्रदर्शन मिति तय गरिएको छ । यो बर्ष नेपाली फिल्म रिलिजको संख्या घट्ने पक्का देखिएको छ । गतबर्ष करिब ५० वटा फिल्म रिलिज भएकोमा यो बर्ष त्यो संख्या पनि केही घट्ने पक्का जस्तै छ ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_2GKgRK8pCM_rar1imki1mb6ixmok0kyeelw0oydm7raezbwo595ezvpy3oin4680suwbm65.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_0touEOXCIb_zb0hfwmgzranbeltffs1t549cvgdpa8bl1p2u2fd8umdpdiv5yvrqgfbynbn.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_avaB2nm1F6_nkgpgfkw34grwyygicxxczxlvcwkikfftv2bvesjcqwamoacu4sk4vtlrvm1.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_CZVxxfW7Wf_tsu7grvqjjvdmbp7aqhyemiehn9g3ysevyxdhe6p3jqbktfhxdiwi3ytpeep.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_5v9o2z7JGf_exwmw9v5egl6imbjz78oewib45bs674pvunah2vozcsfok52c1h7dwjjcik6.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_kPTRbj8LXs_xdp9qb1xizevertoctae6wybjieooxr8qtxrj36h8p5cfn3qbfbxkbrww8m1.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_Zmool5D3Pg_79ulb9cjqmpxnvebppcstb8rkwtuys0xxlvwmlrmatfphoy6n7diajrdorid.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_LSvKtsyMDD_yz20dgtjzwgr7i2o77sotbxtswbhs4yauqxowkmyq1j5hvdbbpjdovoe10i6.jpg)
प्रतिक्रिया