ब्रान्डसँग आँचलः दर्जन कम्पनीको प्रचार, बढ्दैछ आम्दानी

नायिका आँचल शर्माको क्रेज नेपाली फिल्म र म्युजिक भिडियोमा मात्र नभएर ब्रान्ड बजारमा पनि निकै राम्रो छ । नाम चलेका कम्पनीको ब्रान्ड प्रमोसनमा आँचललाई दर्शकले विभिन्न माध्यममा देख्दै आएका छन् । इन्स्टाग्राममा ७ लाख ८० हजार भन्दा बढी फलोअर्स कमाएकी आँचलले नेपाली फिल्ममा प्रवेश गर्नु अगाडि नै एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।
‘नाई नभन्नु ल ४’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी आँचलले ‘नाई नभन्नु ल ६’सम्म आइ पुग्दा करिअरमा थुप्रै उतारचढाव भोगेकी छिन् । तर, विशेष गरि पछिल्लो समयमा उनले आफूलाई जुन तरिकाले मेन्टेन गरेकी छिन्, त्यसको सर्वत्र प्रशंसा पनि भइरहेको छ । विज्ञापन बजारमा उनको क्रेज पनि ह्वात्तै बढेको छ । आँचलले प्यारा सुट स्याम्फु, कोकाकोला, रियल जुससँगै केही ब्यूटी प्रोडक्ट र गरगहनाका ब्रान्डहरुको प्रवर्द्धन गरेकी छिन् ।
पहिलो पटक विज्ञापनमा काम गर्दा नै निकै सहज भएको बताउने आँचल यसपछि निरन्तर रुपमा नाम चलेका कम्पनीसँग आबद्ध छिन् । आँचल भन्छिन्–‘कलाकारलाई ब्रान्ड पैसा मात्र दिँदैन । यसले, आम मानिसहरुसम्म सहजै पुग्नुका लागि मद्दत पनि गर्छ । हामीले पनि कुनै पनि ब्रान्डको प्रचार गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई बढी ध्यान दिएका हुन्छौं । अझ, १–२ वर्षलाई अनुबन्धित हुने हो भने ब्रान्ड पनि राम्रो कमाई हुन्छ ।’
आँचलले आफूले पेय पदार्थ वा कुनै पनि हानिकारक ब्रान्डलाई प्रमोट गर्न आफू खासै सहज नहुने बताइन् ।
आँचल अहिले ब्रान्ड बजारमा धेरै नै परिवर्तन आएको बताउँछिन् । उनले भनिन्–‘परिस्थितीमा धेरै नै परिवर्तन आइसकेको छ । पहिला पनि मैले राम्रो स्थानमा रहेरै काम गर्ने मौका पाएको थिएँ भने अहिले ब्रान्ड बजार झनै उत्कृष्ट बनेको छ ।
आँचलले यो बीचमा ५ वटा ब्रान्डसँग २ बर्षका लागि अनुबन्धित भएर काम गरेकी छिन् । यस्तै, उनले ७ वटा ब्रान्डलाई छोटो समयका लागि आबद्ध भएर काम गरेकी छिन् । आँचलले रियल म्याङ्गो जुस, रियल लिच्ची जुस, श्री बालाजी डायमण्ड, श्री नटराज ज्वेलर्स, प्यारासुट नेचुरल स्याम्पु, कोकाकोला लगायतका ब्रान्डसँग आबद्ध भएर काम गरिसकेकी छिन् ।
कलाकारको स्टारडम फिल्मको व्यापारले मात्र मापन गर्दैन । ब्रान्ड बजारमा उसको उपस्थितिले पनि उसको क्रेजलाई मापन गर्छ । यो अर्थमा आँचल धेरै अगाडि छिन् ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

‘साङ्लो’ पछि विराजले घोषणा गरे ‘१२ गाउँ’

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

प्रतिक्रिया