कार दुर्घटनामा ‘हात्तीछाप’ निर्माता नेपाली घाइते


सिन्धुलीमा भएको कार दुर्घटनामा परेर निर्माता किरण नेपाली घाइते भएका छन् । उनको हाल ट्रमा सेन्टरमा उपचार भैरहेको छ । व्यक्तिगत कामका लागि सिन्धुली पुगेर फर्किने क्रममा यो दुर्घटना भएको हो । 

आइतबार सिन्धुलीबाट काठमाडौं फर्कदै गर्दा उनी चढेको कार दुर्घटनामा परेको हो । मेरो फिल्मलाई निर्माता नेपालीले दिएको जानकारी अनुसार, पिच गर्दै गरेको बाटोमा ढुंगा छल्न खोज्दा कार सडकबाट ५० मिटर तल झरेको थियो । 

उनको ढाँडको हड्डी भाच्चिएको छ । आज डाक्टरले अप्रेशन गर्ने तयारी गरेको नेपालीले बताए । 

निर्माता नेपालीले फिल्म ‘पोई पर्यो काले, २ नम्बरी र हात्तीछाप’ निर्माण गरेका छन् । उनी निर्मित फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट रिलिज हुने तयारीमा छ ।