यसरी मनाए कलाकारले छठ (तस्बिरहरु)

सूर्यको उपासनाको पर्व छठको आज मुख्य दिन । आज अस्ताउँदो सूर्यलाई पूजा छठ पर्व मनाइएको छ ।
मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा छठीमाताको पूजाअर्चनासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
छठ पर्वका लागि देशभरका विभिन्न स्थानमा नदी किनार तथा जलाशयहरु सिँगारेर झकिझकाउ बनाइएका छन् । विगतमा तराई मधेशमा मात्र मनाइने छठ पछिल्ला वर्षहरुमा पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । काठमाडौं उपत्यकामा पनि बागमती, मनोहरालगायत नदी र विभिन्न जलाशयमा छठघाट सजाएर झकिझकाउ पारिएको छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन हुनेछ । विधिपूर्वक व्रत बसेर छठी माताको पूजा र सूर्यको उपासना गर्दा मनले मागेको फल पाइने र परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
सूर्यदेवको आराधना र पूजा गरेर कार्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसँग छठ मनाइन्छ । यसैबीच कलाकारहरूले पनि छठ पूजा गरेका छन् ।
आफूले पूजा गरेको तस्विर कलाकारहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
हेरौं थप तस्बिरहरु:

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

‘साङ्लो’ पछि विराजले घोषणा गरे ‘१२ गाउँ’

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

प्रतिक्रिया