‘दिमाग खराब’को कमाई पहिलो सातामा ४ करोड

हिजो शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको फिल्म ‘दिगाम खराब’ले बिष्फोटक व्यापार गरिरहेको छ । दोश्रो साताको शुक्रबार र शनिबार पनि फिल्मको व्यापार आक्रामक छ । भोली पनि छठ बिदाको फाइदा फिल्मले मज्जाले उठाउने देखिन्छ । बलियो वर्ड अफ माउथका कारण फिल्मले लामो समयसम्म व्यापार गर्ने पक्का जस्तै छ ।
यसैबिच, यो फिल्मले पहिलो सातामा ४ करोडको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । गोविन्दले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, फिल्मले रिलिजको एक सातामा ४ करोड माथिको कमाई गरेको छ, जसमा काठमाडौंबाट मात्र २ करोड २० लाखको व्यापार छ । फिल्मले दोश्रो साताको शुक्रबार र शनिबार झनै आक्रामक व्यापार गरेकाले व्यापार साढे ५ करोड माथि पुग्ने देखिन्छ ।
फिल्मका निर्माता तथा निर्देशक निश्चल बस्नेतले यो फिल्म ४ करोडको बजेटमा निर्माण भएको बताइसकेका छन् । यसैले, यो फिल्मले नेपालबाटै लगानी सुरक्षित गर्नका लागि अझै ६ करोड माथिको व्यापार गर्न आवश्यक छ । यसैले, फिल्म लामो रेशको घोडा बन्नुपर्ने देखिन्छ ।
खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको बिषयवस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।
फिल्म रिलिजको पाँचौ दिनमा निर्माणपक्षले शोज कम पाएको भन्दै विरोध गरेको थियो । फिल्म नै हलबाट उतार्ने चेतावनी दिएपछि अधिकांश हलले दोश्रो सातामा शो बढाएका छन् ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

‘साङ्लो’ पछि विराजले घोषणा गरे ‘१२ गाउँ’

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

प्रतिक्रिया