दोश्रो हप्तामा ‘दिमाग खराब’, बढ्यो शोज
गत शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले पहिलो सातामा उत्साहजनक व्यापार गर्यो । निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्मलाई दर्शकले रुचाए ।
फिल्मले दोश्रो सातामा अझै सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्मको व्यापारिक आँकडा भने निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको कथावस्तु, प्रस्तुतीलाई दर्शकले रुचाएका छन् । बलियो वर्ड अफ माउथका कारण हलमा दर्शकको चाप उच्च छ ।
यसैबिच, यो फिल्मको आजबाट शोज समेत बढेको छ । हिन्दी फिल्मलाई भन्दा नेपाली फिल्मलाई शोज बाँडफाँडमा भेदभाव गरिएको भन्दै यसको निर्माणपक्षले आजबाट फिल्मको प्रदर्शन नै रोक्ने चेतावनी दिएको थियो । यसपछि, नेपाल चलचित्र संघ र फिल्मको टिमबिच बिहिबार वार्ता भयो ।
वार्ता सकारात्मक भएको भन्दै मंसिर ४ गते फेरि कुराकानी गर्ने सहमती भएपछि फिल्मको रिलिजलाई निरन्तरता दिइएको हो । शोज बाँडफाँडको कुरा धेरै हदसम्म मिलेको देखिन्छ ।
अब, निर्माणपक्षले फिल्म रिलिजको अवधीभरको शेयर पनि ५० प्रतिशत पाउनुपर्ने माग राखेको छ । यो मागमा सहमती हुन सकेको छैन ।
प्रतिक्रिया