केतनको ‘आयो तिहार’

गायक केतन क्षेत्रीको स्वर, विक्रम ज्याकको शब्द तथा केतनकै संगीतमा तयार भएको तिहार विशेष गीत ‘आयो तिहार’ सार्वजनिक गरिएको छ । 

केतनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा रिसान महर्जनको निर्देशन छ । 

यो गीतले विशेषगरि तिहार आएको खुशीयाली साटेको छ । भिडियोलाई पूर्ण रुपमा एनिमेशन गरिएको छ । तिहारको समयमा यो गीतले दर्शकको साथ पाउने विश्वास गरिएको छ ।