आमा बन्दैछिन् ‘मायाबी’ हिरोइन दीपिका प्रसाँई
नायिका दीपिका प्रसाँइ विगत एक महिनादेखि फिल्म ‘मायाबी’को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनले नायक पल शाहसँग रोमान्स गरिरहेका छन् । फिल्मको निर्देशन दिवाकर भट्टराइले गरिरहेका छन् । यो फिल्मको पहिलो चरणको छायांकन दशैं अगाडि सकेर निर्माणपक्षले केही दिन अगाडिबाट मात्र पोखरामा दोश्रो चरणको छायांकन सुरु गरेको छ ।
यसैबिच, मेरो फिल्मलाई प्राप्त जानकारी अनुसार दीपिका आमा बन्ने तयारीमा छिन् । श्रोतका अनुसार, दीपिकाको गर्भमा ४ महिनाको बच्चा हुर्किरहेका छन् । यसैले, दिवाकरलाई फिल्मको छायांकन चाडै सक्नुपर्ने दबाब पनि छ ।
दिवाकर र दीपिकाले ४ बर्ष अगाडि बिबाह गरेका थिए । केही बर्ष लामो प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका यी दुइका लागि अब एकसाथ दुई खुशी आउने भएको छ । एकातिर, यी दुइले उनीहरुको ड्रिम प्रोजेक्ट ‘मायाबी’ दर्शकमाझ ल्याउने तयारी गरिरहेका छन् भने अर्कोतिर सन्तान प्राप्तीको खुशी पनि उनीहरुका लागि विशेष हुनेछ ।
यसअघि नायिका रेखा थापा पनि फिल्म ‘उपहार’को छायांकन गर्भवती अवस्थामा नै गरेकी थिइन् । रेखाले आफूलाई गर्भवती भएपनि काम गर्न त्यती असहज नभएको बताएकी थिइन् । आमा र बुबा बन्नका लागि दीपिका र दिवाकरलाई धेरै धेरै बधाई छ ।
प्रतिक्रिया