रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल

प्रविधिको चरम दुरुपयोग हुँदा यसको प्रत्यक्ष असर सेलिब्रिटीहरुको करिअरमा समेत पर्न थालेको छ । केही दिनदेखि बलिउड नायिका रश्मिका मन्दानाको भन्दै एक भिडियो भाइरल बनिरहेको छ । कुनै पनि दर्शकले उक्त भिडियो हेर्दा सहजै रश्मिकाको नै हो भनेर विश्वास गर्छन् । तर, वास्तविकता त्यस्तो होइन ।
रश्मिकाको डिपफेक भिडियो बनाएर भाइरल गराइएको हो । भिडियोमा उनी कालो रंगको योगा बडिसुटमा देखिन्छिन् । क्यामेराको अगाडि मुस्कुराउँदै उनी लिफ्टमा चढेकी छिन् । जारा पटेल नाम गरेकी ब्रिटिस–इन्डियन यूवतीको भिडियोमा रश्मिकाको अनुहार जोडेर यो भिडियो तयार पारिएको हो ।
भिडियो भाइरल भएपछि रश्मिकाले सामाजिक संजालबाट आपत्ती जनाउँदै भोलीको दिनमा यसले थुप्रै मानिसहरुलाई समस्यामा पार्न सक्ने चेतावनी दिएकी छिन् । रश्मिकालाई कानुनी उपचार खोज्न बलिउड नायक अमिताभ बच्चनले सुझाव दिएका छन् ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया