कंगनाको आपत्तीजनक अभिव्यक्ति–‘नेपाललाई पनि भारत नै मान्दा हुन्छ’

बलिउड नायिका कंगना रनावतले नेपाललाई ‘भारत नै मान्दा हुन्छ’ भन्ने विवादस्पद अभिव्यक्ति दिएकी छिन् । टाइम्स नव भारत नामक युट्युब च्यानललाई दिएका एक अन्तरवार्तामा कंगनाले नेपाललाई पनि भारत नै मान्दा हुन्छ भन्ने विवादस्पद अभिव्यक्ति दिएकी हुन् । 

कंगनाले विश्वमा हिन्दु धर्म मान्नेहरुका लागि विश्वमा एउटा मात्र देश भारत रहेको बताउँदै भनेकी छिन्–‘एउटा सानो देश छ नेपाल भन्ने । त्यो देशलाई पनि इन्डिया नै मान्दा हुन्छ । त्यसलाई भारत नै मानौं ।’

कंगनाले विश्वमा हिन्दु धर्मा मान्नेहरु सुरक्षित हुने एउटा मात्र देश भारत मात्र भएको बताएकी हुन् । 

कंगनाको यो अभिव्यक्तिले सिंगो नेपालको सार्वभौमसत्तामाथि नै धावा बोलेको छ । केही बर्ष अगाडि बलिउड नायिका मादुरी दिक्षितले नेपाललाई ‘भारतको एउटा प्रान्त’ भएको बताउँदा चर्को विरोध भएको थियो । 

कंगनाले विश्वभर रहेका मानिसहरुलाई नेपाललाई भारत नै मान्दा हुन्छ भन्दै भ्रम छर्ने काम गरेकी छिन् । यो बिषयमा नेपाल सरकारले गम्भिर कदम चाल्न आवश्यक छ ।