यी हुन् ‘दिमाग खराब’ चल्ने आधारहरु
क्रिकेट मैदानमा गज्जबको प्रचार शैली अपनाएको फिल्म ‘दिमाग खराब’को टिम कार्तिक २४ गते बक्स अफिसमा दर्शकको ठूलो संख्या उपस्थित हुनेमा विश्वस्त छ ।
यो फिल्मलाई सात बर्षपछि निश्चल बस्नेतले निर्देशन गरेका हुन् । ‘लूट २’ बक्स अफिसमा सफल भएपनि मिश्रित प्रतिक्रिया पाएपछि, निश्चल केही पछि हटेका थिए । यसैले, निश्चल बस्नेतको फिल्मप्रति दर्शकको चासो सधै नै हुने गरेको छ । इनिसियल व्यापारमा निश्चलको नामले ठूलो सहयोग गर्ने देखिएको छ ।
फिल्ममा कलाकारको लाइनअप बलियो छ । खगेन्द्र लामिछाने, अर्पण थापा, दयाहाङ राई, स्वस्तिमा खड्का जस्ता नायकहरुको उपस्थिती फिल्ममा छ । यी कलाकारहरुले अहिलेका हट केक हुन् । फिल्मलाई कलाकारको अनुहारले ठूलो फाइदा गर्नेछ ।
फिल्मले उठान गरेको बिषयवस्तु आम मानिसहरुले भोग्दै आएको समस्या हो । निश्चलका अनुसार, उनले आफूले दैनिक जीवनमा भोगेका कैयौं कुराहरुलाई फिल्मको कथा बनाएको बताए । जसकाकारण, फिल्म हेर्दा दर्शकलाई आफ्नै कथा हेरेको महशुश हुनेछ । यसको फाइदा फिल्मलाई हुनेछ ।
फिल्ममा समावेश ‘हितैको माया’ बोलको गीत अहिले आम मानिसहरुको मुखमा झुण्डिएको छ । टिकटकमा पनि यो गीत सर्वाधिक हिट छ । यसको फाइदा फिल्मलाई मिल्नेछ ।
तिहारको बिदाको समयमा रिलिज हुन लागेकाले पनि फिल्मलाई फाइदा हुनेछ । तिहारको समयमा नेपाली फिल्मप्रति दर्शकको चासो अझै बढेका उदाहरण छन् । जसकाकारण, फिल्मले बिदाको फाइदा उठाउन सक्छ ।
फिल्मको वर्ड अफ माउथ बलियो आयो भने बक्स अफिसमा यो फिल्मले बिष्फोटक व्यापार गर्न सक्छ । तर, इनिसियल व्यापारमा फिल्मलाई हामीले माथि उल्लेख गरेका बुँदाहरुले सहयोग गर्न सक्छन् ।
प्रतिक्रिया