ओहो ! ‘काजी’
फिल्मको पर्दामा तपाइले नायक विपिन कार्कीलाई विभिन्न अवतारमा देख्नुभयो । ‘पशुपति प्रसाद’का ‘भष्मे डन’, ‘जात्रा’का ‘फणिन्द्र’ । यस्तै–यस्तै विभिन्न भूमिकामा आफूलाई स्थापित गरेका विपिनलाई दर्शकले अब ‘काजी’ उप–नामले पनि चिन्नेछन् ।
निर्देशक लक्ष्मण रिजालले विपिन कार्कीलाई शिर्ष भूमिकामा राखेर तयार पार्न लागेकोफिल्म ‘काजी’ले रोचक कथा भन्नेछ । फिल्मको छायांकन नेपाल र बेलायतमा गर्ने तयारी लक्ष्मणको छ ।
फिल्मका लागि कलाकारको लाइनअप पनि तयार पारिएको छ । फिल्मबारे लक्ष्मण भन्छन्–‘यसपटक मैले सुरुदेखि अन्तिमसम्म दर्शकको स्वाद वुझेर कथा बुनेको छ । विपिन दाइलाई काजीको रुपमा दर्शकले बेजोड माया गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’
विपिन हाल ‘महाजात्रा’ नामक फिल्मको छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन सकिएपछि विपिनले ‘काजी’का लागि समय दिनेछन् ।
लक्ष्मणले फिल्मको निर्देशन नगरेको ७ बर्ष भयो । फिल्म ‘डिसेम्बर फल्स’ घरकै फिल्म भएर पनि उनले निर्देशन गरेनन् । तर, यसपटक ‘काजी’को कथा बेजोड बनेपछि उनी निर्देशनमा अगाडि आएका छन् ।
विपिनलाई ‘काजी’को रुपमा दर्शकले स्विकार गर्नेमा लक्ष्मण ढुक्क छन् । के विपिन ‘भष्मे डन र फणिन्द्र’पछि ‘काजी’को रुपमा दर्शकमाझ स्थापित होलान्, प्रतिक्षा गर्नैपर्छ ।
फिल्मको प्रमोशन पोष्टामले गर्ने
यसैबिच, फिल्म ‘काजी’को विश्वव्यापी प्रमोशनको जिम्मा पोष्टाम डटकमले लिएको छ । बिहिबारदेखि नै सार्वजनिक रुपमा प्रयोगमा आएको यो एपले नेपाली फिल्मकोप्रमोशनमा आफूलाई अगाडि सारेको छ । जसको सुरुवात ‘काजी’बाट गरिएको छ ।
बिहिबार फिल्मका निर्देशक लक्ष्मण रिजाल र पोस्टामका प्रमुख रोनीश दाहालबिच संझौता भएको छ । यो एप डाउनलोड गरेर दर्शकले फिल्मको बारेमा थुप्रै जानकारी हासिल गर्न सक्नेछन् । यो एप नेपाली फिल्मका लागि पनि प्रचारमा कोशढुंगा हुने विश्वास पोष्टाम संचालकको छ ।
प्रतिक्रिया