धरौटीमा रिहा भए जुवातास खेल्दै गर्दा पक्राउ परेका कलाकार
गत शनिबार प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेका कलाकारहरू नृत्य निर्देशक तथा कलाकार गजित बिष्ट, कलाकार शंकर आचार्य, कलाकार इकु सुलेमान (सुलेमान शंकर), गायक चक्र बमसहित नौ जना धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आदेशपछि उनीहरूलाई हिजो बुधबार बेलुका १५-१५ हजार रुपैयाँ धरौटीमा छाडिएको हो ।
प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलिले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित काठमाडौं महानगरपालिका-२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।
जुवातास खेल्दै गर्दागजित, शंकर आचार्य, इकु, नरेन्द्र , चक्रसँगै रोशन सिंह, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारीलाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया