श्वेता खड्काले समाजसेवा गर्न बैंकबाट ऋण लिँदा धितोमा माझी बस्ती
उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ।
मंगलबार उच्च अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो।
उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझीसमेतले अदालतमा रिट दायर गरेका थिए। अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ।
वरिष्ठ अधिवक्ता सुनिल पोखरेलका अनुसार अदालतको आदेशअनुसार श्वेताश्री फाउण्डेसन र सञ्चालक श्वेता खड्का पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ ।
श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएको र घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत रिट दायर गरेका थिए।
ऋण लिँदा बैंकसँग गरेको सम्झौता अनुसार स्वेताश्री फाउन्डेसनले किस्ता तिर्नु । तर अभिनेत्री श्वेता खड्काले बस्ती आफूले बनाएको दाबी गरिरहिन्। अभिनेत्री श्वेता खड्काले समाजसेवाको नाममा त्यहाँ सहयोग गर्न गएकी थिइन्। श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। तर माझीहरूको घर भने बैंकबाट ऋण लिएर बनाइयो।
तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो। पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी प्रतिघर लागत सात लाख रुपैयाँ पुगेको थियो। बैंकको ऋण समेतले बस्ती निर्माण सम्पन्न भएको थियो।
बैंकबाट ऋण लिँदा जग्गा धितो भने माझी बस्ती राखियो । माझीहरूकै जग्गा धितो र उनीहरूलाई सरकारले दिने राहत रकमले घर बनाइयो।
तर, उनले समाजसेवाको प्रचार गरेर पैसा भने नदिएको माझीहरूको आरोप छ। अहिलेसम्म पनि ऋण भुक्तानी नभएपछि घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत गुहारेका हुन्।
अहिले बैंको ऋण नर्तिदा सिन्धुपाल्चोकको सिङ्गो माझी बस्ती लिलामीको जोखिममा पुगेको छ। लामो समयसम्म सावा तथा ब्याज नपाएपछि बैंकले २०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकालेको थियो। बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए। फाउन्डेसनले ऋणको किस्ता नतिरेपछि लक्ष्मी सनराइज बैंकले लिलामी सूचना निकालेको हो।
घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको सावा तथा ब्याज लामो समयसम्म तिरिएको छैन। रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौता अनुसार ऋण प्रवाह भएको थियो। श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो।
त्यहाँ रहेका ढुङ्गामाटोको दुई तले घर विसं २०७२ को भूकम्पले भत्कायो। त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीलाई पुनर्निर्माण गर्न भन्दै श्वेता गएकी थिइन्।
आफ्नो शव माझी बस्तीनजिक इन्द्रावतीमा जलाइयोस्
श्वेता खड्काले २०७७ माघ ३० मा सामाजिक सञ्जालमा ‘माझी बस्ती : यथार्थ र भ्रम’ शीर्षकमा लामो स्टाटस लेख्दै ‘श्वेताश्री फाउन्डेसन’का नाममा पैसा उठाएर दुरुपयोग गरेको आरोप प्रमाणित भएका खण्डमा आफू जुत्ताको माला लगाउन पनि तयार रहेको बताएकी थिइन्।
त्यसबेला उनले यस्तो लेखेकी थिइन्, ‘माझी टोलबाट हात झिकी भन्नेहरूलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु– जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिष्कबाट हट्ने छैन। मेरो अतिम इच्छा म मर्दा मेरो लासको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्येष्टि त्यहीं गरियोस्।’
मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेको छु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनैछु ।
प्रतिक्रिया