युट्युबमा ‘छड्के २’लाई १८ लाख, ‘फूलबारी’लाई ६० लाख भ्यूज
दशैं र तिहार पर्वको अवसरमा युट्युबमा नेपाली फिल्महरु रिलिज गर्ने क्रम ह्वात्तै बढेको छ । अर्कोतिर, युट्युबबाट अहिलेको समयमा राम्रो पैसा समेत आउने भएपछि डिजिटल कम्पनीहरुले धमाधम फिल्म रिलिज गरिरहेका छन् ।
गतबर्षको फागूणमा रिलिजमा आएका २ नेपाली फिल्महरु ‘फूलबारी र छड्के २’ ११ दिन अगाडि युट्युबमा रिलिज गरिएको छ ।
बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको ‘छड्के २’लाई ११ दिनमा १८ लाख मात्र भ्यूज प्राप्त भएको छ । अनमोल केसी स्टारर यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । बक्स अफिसमा यो फिल्म सुपरफ्लप भएको थियो ।
युट्युबमा पनि यो फिल्मले अपेक्षित दर्शक पाउन सकेको छैन । युट्युबमा अधिकांश दर्शकले फिल्मका कलाकार रोबिन तामाङलाई संझिएका छन् ।
यस्तै, ११ दिन अगाडि नै युट्युबमा सार्वजनिक भएको फिल्म ‘फूलबारी’ले दर्शकको साथ उच्च पाएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको पारिवारिक फिल्मले ११ दिनमा करिब ६० लाख भ्यूज पाएको छ । यो फिल्म हलमा भने औषत चलेको थियो ।
फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ । यो फिल्मले युट्युबमा सकारात्मक प्रतिक्रिया समेत पाएको छ ।
प्रतिक्रिया