माझीबस्ती लिलामी प्रकरणः स्वेतासँग अदालतले माग्यो लिखित जवाफ
वि.सं २०७२ सालको भूकम्पले अधिकांश घर भत्काएपछि सिन्धुपाल्चोक जिल्लाको माझी बस्तीमा रहेका केही परिवार समस्यामा परे । उनीहरु समस्यामा परेपछि माझी बस्तीमा घर निर्माण गर्ने भन्दै नायिका स्वेता खड्काको स्वेताश्री फाउन्डेशन अगाडि सर्यो । स्वेतालाई बाजा बजाउँदै स्थानीयहरुले स्वागत गरे । स्वेताले कुनै पनि हालतमा बस्ती निर्माण गर्ने प्रतिबद्धता जनाइन् ।
तर, अहिले माझी बस्तीलाई बैंकले लिलामी गर्न लागेको छ । बैंकले लिलामी गर्न लागेपछि स्थानीयहरुले अदालत गुहारेका छन् । अदालतले तत्काल जग्गा लिलामी प्रक्रिया रोक्न् अन्तरिम आदेश दिएको छ । साथै, लक्ष्मी सनराइज बैंक र नायिका स्वेता खड्काको कम्पनी स्वेताश्री फाउन्डेशनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ दिन पनि अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायधीश रमेशराज पोखरेलको एकल इजालसले मंगलबार यस्तो आदेश दिएको हो ।
स्वेताश्री फाउन्डेशनले नमुना बस्ती निर्माण गर्ने क्रममा माझीहरुले बैंकबाट लिएको क्रुण आफूले ब्यहोर्ने प्रतिवद्धता गरेको थियो । तर, अहिलेसम्म पनि क्रुण नतिरेपछि बैंकले घर जग्गा लिलामी गर्न लागेको हो । यसपछि, माझीहरुले अदालत गुहारेका थिए ।
प्रतिक्रिया