जुवातास खेलिरहेको अवस्थामा गजित बिष्ट, चक्र बमसहित ९ कलाकार पक्राउ

काठमाडौं महानगरपालिका-२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना कलाकार पक्राउ परेका छन्। 

शनिबार राति प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलिले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्था प्रहरीले नृत्य निर्देशक तथा कलाकार गजित बिष्ट, कलाकार शंकर आचार्य, कलाकार इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, गायक चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारीसहितलाई प्रकाउ गरेको थियो ।

जुवाखालबाट पक्राउ परेका उनीहरुलाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । 

पक्राउ परेका कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।