केकी अधिकारीको खुशीः गतबर्ष ‘झिंगे दाउ, यो बर्ष परदेशी २’
नायिका केकी अधिकारीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ नायिका मानिन्थ्यो । लगातार २५ वटा फिल्म असफल भएपछि केकीलाई अधिकांशले ‘अनलक्की’ नायिकाको रुपमा हेरेका हुन् । तर, फिल्म असफल भएपनि केकीलाई फिल्मको अभाव भने कहिले भएन । उनले, हरेक बर्ष २–३ वटा फिल्ममा काम गरिरहेकी छिन् ।
तर, फिल्म ‘छ माया छपक्कै’ सुपरहिट भएपछि भने केकीको ‘अनलक्की’ नायिकाको ट्याग विस्तारै हट्न थालेको छ ।
केकीले अभिनय गरेको फिल्म ‘झिंगे दाउ’ गतबर्ष सुपरहिट भयो । ज्ञानेन्द्र देउजा निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, केकीको कामको पनि खुबै तारिफ भयो ।
यो बर्ष केकीलाई केही समस्या परिरहेको थियो । यो बर्ष उनी अभिनित ‘प्रसाद २ र जय हो’ बक्स अफिसमा पछारिएपछि उनलाई तनाव भएको थियो । तर, दशैंको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि केकीलाई फेरि ठूलो राहत मिलेको छ ।
हरेक बर्ष उनलाई कुनै न कुनै फिल्मले बक्स अफिस सफलतासँगै खुशी दिइरहेका छन् । आउँदो बर्ष केकीको संभवत फिल्म ‘झिंगे दाउ २’ रिलिज हुनसक्छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ ।
कलाकारको हरेक बर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । यसपटक केकीलाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।
समीक्षकले समेत फिल्ममा अभिनयको कुरा गर्दा केकी र निर शाहको मात्र बढी तारिफ गरेका छन् । केकीले यो फिल्ममा संझनलायक काम गरेकी छिन् ।
प्रतिक्रिया