पाकिस्तानी कलाकारलाई बलिउडमा लगाइएको प्रतिबन्ध हट्यो
भारत प्रशासित काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई बलिउडमा लगाइएको यो प्रतिबन्ध अब नलाग्ने भएको छ। विगत ७ वर्षदेखि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगाइएको हो।
भारतको बम्बई उच्च अदालतले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइ राख्नुपर्ने अर्थात् अझै समय बढाउनुपर्ने माग गर्दै परेको रिटमा प्रतिबन्ध लगाउने याचिका खारेज गरेपछि प्रतिबन्धित कलाकारले अब भारतमा काम गर्न सक्ने बाटो खुलेको हो।
यो रिटमा भारत सरकारले पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र टेक्निसियनमाथि प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरिएको थियो।
प्रतिबन्धका कारण माहिरा खान, आतिफ असलम, अली जफर, जावेद शेख र राहत फतेह अली खान, फवाद खान लगायत धेरै ठुला पाकिस्तानी कलाकार प्रभावित भएका थिए ।
मुद्दाको निर्णय गरेका न्यायाधीश सुनिल बी शुक्रे र फिरदौस पुनीवालाले यस्तो प्रतिबन्धले सांस्कृतिक सद्भाव, एकता र शान्तिलाई प्रवर्द्धन गर्न नसक्ने धारणा व्यक्त गर्दै निवेदन खारेज गरेका थिए । न्यायाधीशहरूले यो याचिकामा योग्यता नभएको र यसलाई दिन अस्वीकार गरेको बताए ।
इजलासले भन्यो- 'मनको असल व्यक्तिले देश भित्र र सीमापार शान्ति, सद्भाव र शान्ति प्रवर्द्धन गर्ने कुनै पनि गतिविधिलाई आफ्नो देशमा स्वागत गर्दछ । कला, संगीत, खेलकुद, संस्कृति, नृत्य आदि राष्ट्रियताभन्दा माथिका गतिविधि हुन् । संस्कृतिले वास्तवमा दुई देशबीच शान्ति, एकता र सद्भाव ल्याउँछ ।' इजलासले अगाडी भन्यो- 'अदालतले देशभक्त हुनका लागि अर्को देश विशेष गरी छिमेकी देशका जनताप्रति शत्रुताको भावना हुनु आवश्यक छैन भन्ने कुरा जनताले बुझ्नुपर्ने बताएको छ । एक सच्चा देशभक्त त्यो हो जो निःस्वार्थ र आफ्नो देश को लागी समर्पित छ ।'
पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने याचिका एक सिनेकर्मी फैज अनवर कुरैशीले दायर गरेपछि बम्बई उच्च अदालतमा ल्याइएको थियो । यस याचिकामा फैजले भारत सरकारले पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र प्राविधिकलाई प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरेका थिए ।
याचिका कर्ताले सूचना तथा प्रसारण मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयलाई पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउन निर्देशन समेत मागेको थियो ।
सन् २०१६ मा उरी हमलापछि भारतले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी अभिनेता फवाद खानले अक्टोबर २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘ए दिल है मुश्किल’ मा काम गरेका थिए । बलिउड फिल्ममा पाकिस्तानी कलाकारको यो अन्तिम पटक थियो । यसअघि पाकिस्तानी कलाकारले ‘रईस’, ‘खूबसुरत’, ‘मेरे ब्रदर की दुल्हन’, ‘कपूर एण्ड सन्स’ र ‘किल-दिल’ जस्ता बलिउड फिल्ममा काम गरिसकेका छन् ।
पाकिस्तानी गायक राहत फतेह अली खानले पनि थुप्रै भारतीय गीत गाएका छन्।
प्रतिक्रिया