'परदेशी २' दोस्रो हप्तामा
फिल्म 'परदेशी २' दोस्रो हप्तामा प्रवेश गरेको छ ।
गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म आज शुक्रबारबाट पहिलो हप्ता पार गर्दै दोस्रो सातामा प्रदर्शन सुरुवात गरेको हो
फिल्मले दोस्रो हप्तामा प्रवेश गरेसँगै अबका दिनमा पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको रहेको छ ।
फिल्मका निर्माताका अनुसार फिल्मले प्रदर्शनको पहिलो सप्ताहमा करिब ३ करोड ३० लाख हाराहारी बक्सअफिसमा ग्रस कलेक्सन गरेको बताएका छन् । सुरुवाती दिनमा औसत व्यापार गरेको फिल्मले विकडेजबाट राम्रो पिकअप लिएको छ ।
दर्शकको राम्रो साथ पाएपछि डेब्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग फिल्मको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो फिल्म निर्माण गर्ने उर्जा मिलेको उनीहरू बताउँछन् ।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर फिल्म निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया