फिल्म ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

फिल्म 'आउट ल'को विदेश प्रदर्शन अधिकार विक्री भएको छ ।

फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको हो । केही दिन अघि सेभेज सिजको टिमले फिल्म हरेपछि विदेश अधिकार खरिद गरेको बताइएको छ ।

 विदेश अधिकार खरिदसँगै सह-निर्माताको रुपमा पनि यो कम्पनी जोडिएको फिल्मका कार्यकारी निर्माता साहील खानले बताए ।

यस्तै, नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले चाँडै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको छ । सिनेमा एक्सन- थ्रिलर जनरामा निर्माण भएको फिल्ममा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय रहेको छ ।

कानुन नमान्ने पात्रको कथा भन्ने फिल्म 'आउट ल' आफ्नो करियरकै लागि महत्वपूर्ण फिल्म रहेको अभिनेता सुशिल श्रेष्ठ बताउँछन् । आफ्नो करियरलाई कता लैजाने भन्ने पनि यो फिल्मले निर्धारण गर्ने बुझाई अभिनेता श्रेष्ठको छ । शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायतको लगानीमा निर्माण भएको फिल्मलाई बिक्की महर्जनले निर्देशन गरेका हुन् ।

निर्माता कडायतले यसअघि 'प्रेमगीत ३'मा कला निर्देशकको रुपमा काम गरेका थिए ।

'कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले फिल्मको नतिजा राम्रो आउने विश्वास छ,' निर्माता कठायतले भने ।

करिब २ करोडको बजेटमा निर्मार्ण भएको फिल्मलाई नवीन गुरुङले छायांकन गरेका हुन् ।