शंकरको 'तेल भिसा'मा सेभेन सिजको आधा लगानी
अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर निर्देशक शंकर घिमिरेले निर्माण तथा निर्देशनमा गर्न लागेको फिल्म 'तेल भिसा'को निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ ।
फिल्ममा वर्ल्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रूपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्ससमा गत शुक्रबार सम्झौता भएको हो ।
सम्झौता अनुसार सेभेन सिजले तेल भिसाको निर्माणमा ५० प्रतिशत लगानी गर्ने सम्झौता सहित फिल्मको वर्ल्ड वाइड रिलिजको अधिकार समेत लिएको छ ।
आगामी फागुन महिना देखि छायाँकन सुरु गरिने तेल भिसाको मुख्य अभिनेतामा विपिन कार्की अनुबन्ध भई सकेका छन् भने अन्य कलाकार एवं प्राविधिकहरूको घोषणा तिहार पछि गरिने बताइएको छ ।
यो फिल्ममा विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिँदै छन् । नेपाल सहित अमेरिकामा पनि छायाँकन हुने यस फिल्मको कथा अत्यन्त सुन्दर रहेका कारण सेभेन सिजले निर्माणमा समेत सहकार्य गर्न लागेको प्याट्रिक सुवेदीको भनाई छ ।
अष्ट्रेलियामा बस्ने विनोद पौडेल, मध्य पूर्वका रमेश ढकाल र अमेरिका बस्ने प्याट्रिकको सेभेन सिज कम्पनीले हालै रिलिजमा आएको 'परदेशी २', रिलिजको क्रममा रहेको 'पशुपति प्रसाद २:भष्मे डन', 'करर्साङ', 'अगस्त्य' सहित रामबाबु गुरुङको प्रतीक्षित फिल्म 'डिग्री माइला'को समेत अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।
प्रतिक्रिया