‘कौसीद’को सेन्सर रोकियो
नायिका ऋचा शर्मा र कलाकार भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘कौसीद’को सेन्सर रोकिएको छ । फिल्मको सेन्सर रोकिदा बिहानी सबै शोजहरु रद्द भएका छन् ।
फिल्मका निर्माता केदार भुषालका अनुसार, फिल्मको अन्तिम दृश्यमा सेन्सर बोर्डले काटछाँट गर्न भनेपछि निर्माणपक्षले बिहानीको शोजमा फिल्म रिलिज गर्न नसकेको हो ।
निर्माता भुषालका अनुसार, फिल्म आज दिउँसो ३ बजेपछि मात्र रिलिज हुनेछ । सेन्सर भने अनुसार, अन्तिम दृश्यको सम्पादनको काम चलिरहेको र दिउँसोको शोबाट मात्र हलमा फिल्म लगाउन सकिने भुषालले बताए ।
यो फिल्मलाई प्रचारमा निर्माणपक्षले कुनै पनि कदम चालेको थिएन । बैंकबाट ऋण लिएपछि एउटा परिवारले भोग्ने समस्याको कथामा यो फिल्म बनेको छ । कुमार भाष्करको निर्देशनमा यो फिल्म बनेको हो ।
प्रतिक्रिया