‘दिमाग खराब’ चलाउन दर्शकलाई टिकटक र यूट्यूब भिडियो च्यालेन्ज

आगामी कार्तिक २४ गतेबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब’ले प्रचार अभियान अन्तर्गत 'डान्स स्टेप' प्रतियोगिताको घोषणा गरेको छ ।

निश्चलले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्मको गीत ’झम्के झमाझम’मा उत्कृष्ट टिकटक तथा यूट्यूब भिडियो बनाउनेलाई क्रमशः ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ । 

निर्माण पक्षले ९ दिनअघि रिलिज गरेको 'झम्के झमाझम’ गीत यतिबेला लोकप्रिय बनिरहेको गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्यूज पाइसकेको छ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। प्रतियोगीहरुले भिडियो पोस्ट गर्दा #JHAMKEJHAMAJHAM-TIKTOKID#DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्नेछ।

यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नसक्नेछन् ।

उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आर्ट्सको आगामी फिल्ममा काम गर्ने अवसर प्रदान गरिनेछ ।

‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ ।

यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

सामाजिक-राजनीतिक कथा पेस गर्ने फिल्मलाई आकाश बरालले लेखेका हुन् ।

यस्तै, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा सुशन प्रजापतिको छायाँकन रहेको छ।

भिडियो फर्म्याट निम्न लिंकमा दिइए अनुसार हुनुपर्नेछ :

यूट्यूबका लागि https://drive.google.com/drive/folders/1y6hzquhcZAL50Zr7R_FLTKYEyfRl1dXl

टिकटकका लागि https://drive.google.com/drive/folders/1wiapLBSTuFmbD0EnOHri2OBTwQrbTbNv