निर शाहले कुर्सी खोसिदिने चेतावनी दिदा लाचार बने भुवन केसी
चलचित्र बिकास बोर्ड फेरि विवादमा तानिएको छ । फिल्मीकर्मीको भावना विपरित चलचित्र विधेक अगाडि बढाएपछि विकास बोर्ड विवादमा तानिएको हो । यसैबिच, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई पूर्व अध्यक्ष निर शाहले कुर्सी नै खोसिदिने चेतावनी दिएका छन् ।
उनले, फिल्मीकर्मीको भावना विपरित काम गरेको खण्डमा कुर्सी अस्थायी हुने चेतावनी दिए । उनले, भुवन केसीलाई फिल्मीकर्मीले जसरी स्थापित गरे, त्यसरी नै विस्थापित गर्ने चेतावनी समेत दिए ।
प्रस्तावित चलचित्र विधेयकले बोर्ड अधिकार खोस्ने र फिलम क्षेत्रलाई थप धरासायी बनाउने भन्दै तत्काल यो विधेयक सच्चाउन भुवन केसीलाई आग्रह गरे । उनले, बोर्डको कार्यशैली परिवर्तन भएको खण्डमा स्विकार गर्न सकिने तर मन्त्रालयको स्वार्थका लागि विधेयक पास गरेको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
शाहले भने–‘वर्तमान गठबन्धन सरकारले अहिलेको अवस्थामा बोर्डलाई अझै अपग्रेड गर्न सक्यो भने हाम्रो सहमति हुन सक्ला तर अहिलेका तपाईंको मन्त्रालयमा कोही सरुवा भएर आएको आधारमा फिल्म क्षेत्रको कखग नै नबुझेको अनेक किसिमका औतारीको ह्विपमा रगत पसिना बगाएर प्राप्त गरेको दस्तावेजलाई जे मन लाग्यो त्यहि गरेर परिवर्तन गर्नसक्ने अवस्था छैन।’
कलाकार शाहले अहिले ल्याउन लागिएको विधेयकले बोर्डमा मन्त्रालयको हस्तक्षेप अझै बढ्ने बताए । निर शाहको कडा चेतावनीपछि बोलेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विकास बोर्डलाई स्वायत्त बनाउनका लागि नै आफू आएको बताएका थिए ।
उनले, बोर्ड स्वायत्त भएको खण्डमा मात्र फिल्म क्षेत्रको भविष्य पनि उज्ज्वल भएको तर्क गरे । उनले, विकास बोर्डसँग काम गर्ने कुनै अधिकार नै नभएको भन्दै लाचारीपन देखाएका थिए ।
उनले, ४० बर्ष अगाडिको ऐन अहिलेसम्म पास किन हुन सकेन भन्दै पूर्व अध्यक्षहरुलाई प्रश्न समेत गरेका थिए ।
प्रतिक्रिया