खगेन्द्र भन्छन्–‘हरेक हप्ता नेपाली फिल्मको रेकर्ड तोडिनुपर्छ’
कार्तिकको ४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने प्रक्षेपण गरिएको छ । विशेषगरि, ‘कबड्डी ४’ले खडा गरेको २२ करोडको रेकर्डलाई यो फिल्मले ध्वस्त पार्ने धेरैको आँकलन छ ।
फिल्मका निर्माता तथा लेखक खगेन्द्र लामिछाने भने हरेक साता बक्स अफिसमा नयाँ रेकर्ड बन्नुपर्ने दाबी गर्छन् । मिडिया कुराकानीमा उनले भने–‘हामीले कहिले पनि रेकर्ड तोड्नुपर्छ भनेर सोचेका छैनौं । तर, मिडियाले डरको रुपमा यसलाई प्रस्तुत गरेको छ । म त के भन्छु भने हरेक साता नेपाली फिल्मले पुरानो रेकर्ड ध्वस्त पार्नुपर्छ ।’
उनले, ‘कबड्डी ४’को रेकर्डलाई ‘पशुपति प्रसाद २’ले ध्वस्त पार्नुपर्ने बताउँदै भने–‘फेरि, दिमाग खराबले हाम्रो रेकर्ड तोड्नुपर्छ । एकपछि अर्को रेकर्ड तोडिएको खण्डमा मात्र बक्स अफिस बलियो हुन्छ ।’
खगेन्द्रले आफूहरुले नयाँ रेकर्ड बनाएपछि केही बर्ष नतोडिएको खण्डमा ‘भाले’ भएर बस्न पाइन्छ भनेर कहिले पनि नसोच्ने तर्क गरे ।
फूलपातिको दिनबाट रिलिजमा आउन लागेको यो फिल्मले नयाँ रेकर्ड बनाएको खण्डमा बक्स अफिसमा रिलिज हुन लागेका आगामी फिल्महरुलाई फेरि नयाँ चुनौती खडा हुनेछ ।
प्रतिक्रिया