सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रियाको आक्रोश : राजनीतिक शक्तिको चरम दुरुपयोग
नेपाली फिल्म वृत्तमा यति वेला एकले अर्कोलाई पक्राउ गर्ने क्रम सुरु भएको पाइन्छ । पछिल्लो समय अभिनेता अनमोल केसी पक्राउ परेसँगै फिल्म क्षेत्रको विवाद छताछुल्ल हुँदै गइरहेको छ । अनमोललाई पक्राउ गराएका फिल्म निर्माता तथा निर्देशक सुदर्शन थापा पनि अहिले कानुनी उल्झनमा परेका छन् । थापाविरुद्ध यति बेला पक्राउ पुर्जी जारी भएको छ ।
फिल्मका निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा प्रहरीले फिल्म ‘प्रसाद २’का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । दुवै जनाको अहिले खोजी भइरहेको प्रहरीले बताएको छ । प्रहरीले निर्माता बस्नेतकै उजुरीको आधारमा ओएसआर डिजिटलका प्रमुख ओम प्रकाश अग्रवाललाई पक्राउ गरेको थियो ।
शुक्रबार पक्राउ परेका अग्रवाल आइतबार बेलुका हिरासतमुक्त भए । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार राति हाजिरी जमानीमा रिहा गरेको हो। प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ।
फिल्मका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा उनी पक्राउ परेका थिए। उनीहरूले उजुरीको आधारमा अग्रवालसहित फिल्म निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पनि उजुरी हालेका थिए।
निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी समेत गरिसकेको छ। उनीहरू अहिले प्रहरीको फरार सूचीमा रहेका छन्। निर्देशक थापाविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
यता, फिल्म प्रसाद–२ प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सो कुरामा थापाकी पत्नी सुप्रिया कटुवालले न्यायालयको त विश्वास नभएको भन्दै अरू कसको विश्वास रह्यो र ? भन्दै प्रश्न गरेकी छिन् ।
आइतबार सामाजिक सञ्जालमा एउटा पोष्ट लेख्दै सुप्रियाले यस्तो बताएकी हुन् ।
सुप्रियाले फेशबुकमा यस्तो लेखेकी छिन्- यो देशमा पहुँच छ भने जे गरेपनी चल्दो रहेछ । प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि डाइरेक्ट सरकारी वकिल बाट गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालय को त बिश्वास छैन कस्को बिश्वास रहयो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक/सम्पादक र आफ्नो लगानिले डिजिटल राईट्स लिने कम्पनी संचालक जस्ता निर्दोष मान्छेलाई फसाउने यार सक्छौ भने मुख्य नाइकेलाई अगाडी ल्याउ म साथ दिन्छु । राजनीतिक शक्तिको चरम दुरुपयोग
कुरिकुरी नेपाल सरकार
प्रसाद-२ प्रकरण
प्रतिक्रिया