चलचित्र विधेयकप्रति फिल्म सम्बन्धी ८ संस्थाको गम्भिर असहमति
चलचित्र विकास बोर्डले आफ्नो वेबसाइटमा फिल्म सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक सार्वजनिक गरेपछि फिल्मसँग जोडिएका ८ संस्थाहरुले गम्भिर असहमति जनाएका छन् ।
उनीहरुले, संचार मन्त्री रेखा शर्मालाई आज ज्ञापन पत्र वुझाउँद्यै विकास बोर्डको पूर्ण स्वायत्त भन्दा बाहिर गएको बनाइएको विधेकलाई फिल्म क्षेत्रले मान्यता प्रदान नगर्ने चेतावनी दिएका छन् ।
यो विधेकले चलचित्र विकास बोर्डलाई संचार मन्त्रालयको एउटा शाखाको रुपमा मात्र परिकल्पना गरेको भन्दै अस्विकार गरेका हुन् । यस्तै, उनीहरुले यो विधेयक नेपालको संविधान र संघीयता विपरित पनि रहेको उल्लेख गरेका छन् ।
यो विधेयकको बिषयमा फिल्म क्षेत्र भित्र गम्भिर रुपमा छलफल भएको भन्दै तत्काल अगाडि नबढाउन उनीहरुले मन्त्री शर्मालाई आग्रह गरेका हुन् ।
विधेयकमा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, आदिवासी जनजाति चलचित्र महासंघले आपत्ती जनाएका हुन् ।
प्रतिक्रिया