अनमोल केसी रिहा
नायक अनमोल केसीलाई प्रहरीले रिहा भएका छन् ।
अदालतबाट आइतबारका लागि मात्र म्याद दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको भन्दै हाजिर जमानीमा छाडेको हो ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार उनलाई हिरासतमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
अनमोल प्रहरीले खोजेको बखत उपस्थित गराउने सर्तमा अभिभावकको जिम्मा लगाए छुटेका छन्। उनको जिम्मा काकाले लिएका थिए । छुटे लगत्तै गाडी चढेर अनमोल सिधै घर गएका छन्।
फिल्म रावायण खेल्न १० लाख रकम लिएर फिल्म खेल्न नमानेको भन्दै निर्देशक सुदर्शन थापा प्रडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट आपराधिक विश्वासघातको मुद्धामापक्राउ गरेको थियो ।
प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।
प्रतिक्रिया