आज पनि अनमोल अस्पतालमै, भोली जिल्ला अदालत लगिने
शुक्रबार बेलुकी पक्राउ परेका नायक अनमोल केसीलाई प्रहरीले आज पनि अस्पतालमै राख्ने भएको छ । शुक्रबार बेलुकी पक्राउ परेका अनमोललाई प्रहरीले विर अस्पतालमा स्वास्थ्य जाँच गरेर सिंहदरबार परिसरमा ल्याएको थियो । तर, अनमोलको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई शुक्रबार बेलुकी नै चिरायु अस्पतालमा भर्ना गरिएको थियो ।
अनमोललाई आज पनि प्रहरीले चिरायु अस्पतालमै राखेको छ । अब, अनमोललाई भोली अस्पतालबाटै जिल्ला अदालतमा म्याद थपका लागि लगिनेछ ।
अनमोललाई आज अस्पतालमा भेट्न फिल्म क्षेत्र र परिवारका सदस्यहरु पुगेका थिए । वुझिएअनुसार, अनमोलको स्वास्थ्यमा अहिले सुधार भएको छ । हिजो धेरै नै आत्तिएका अनमोल आज भने केही शान्त देखिएका छन् । आफू निकट व्यक्तिहरुसँग उनले आफूले कुनै पनि गल्ती नगरेको बताउँदै आएका छन् ।
फिल्म ‘फर्कि फर्कि’का निर्माता रोहित अधिकारीले आज बिहानै स्टाटस लेख्दै अनमोलले बरु जेल जान तयार भएको तर झुर फिल्म नखेल्ने बताएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया