विज्ञापनमा नेपाली कलाकारको फोटो राख्न बोर्डको निर्देशन


विज्ञापन बोर्डले सबै खालका विज्ञापनमा विदेशी कलाकारको फोटो हटाई स्वदेशी कलाकारको फोटो राख्न निर्देशन दिएको छ । 

विज्ञापन नियमाबली(पहिलो संसोधन), २०८० को नियम ९(क)को उपनियम (३)मा होर्डिङ बोर्ड, सवारी साधानका साथमा अन्य जुनसुकै माध्यममा पनि कुनै पनि व्यक्तिको फोटो राखेर विज्ञापन गर्दा स्वदेशी कलाकारको फोटो राख्नुपर्ने नियम छ । बोर्डले सबैलाई यो व्यवस्थाको बिषयमा स्मरण गराएको छ ।

यही, व्यवस्थाको स्मरण गराउँदै बोर्डले विदेशी कलाकार वा व्यक्तिको फोटो हटाएर स्वदेशी कलाकार वा व्यक्तिको फोटो राख्न विज्ञापन दाता, विज्ञापन एजेन्सी, संचार माध्यम लगायतलाई जानकारी गराएको हो । 

विदेशी कलाकारको समेत फोटो र भिडियो सहितको विज्ञापनले नेपाली कलाकारलाई घाटा लागिरहेको छ । तर, बोर्डको यो निर्देशनपछि नेपाली कलाकार वा व्यक्तिलाई फाइदा हुनेछ ।