उच्च अदालत पाटनले चलचित्र विकास बोर्डसँग माग्यो उत्कृष्ट फिल्म घोषणा नगर्नुको कारण

फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मिनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर हिजो बिहिबार उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरे ।
उक्त दायर भएको रिट विरुद्ध उच्च अदालतले आज शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा ‘सर्वोत्कृष्ट फिल्म’ घोषणा नगरिएकोमा बोर्डलाई कारण देखाऊ आदेश जारी गरेको छ ।
गत भदौ १२ गते राष्ट्रपति कार्यालयमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा सर्वश्रेष्ठ फिल्म बाहेक अन्य विधामा मात्र अवार्ड प्रदान भएको थियो । अनपेक्षित रूपमा सर्वोत्कृष्ट फिल्म घोषणा नभएपछि यसबारे व्यापक विवाद भएको थियो । ‘उत्कृष्ट फिल्म’को विधा नै गायब बनाइएको भन्दै ‘प्रकाश’को टिम अदालत पुगेको थियो ।
बोर्ड विरुद्धको निवेदनमा निर्णायक समिति ‘जुरी’ले प्रतिवेदनमा सिफारिस गरेको फिल्मलाई नै उत्कृष्ट फिल्मको उपाधिबाट पुरस्कृत गर्न र जुरी कमिटीले गरेको निर्णयको सक्कल झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गर्नुपर्ने माग समेत परमादेश माग गरिएको छ । विपक्षी बोर्डका पदाधिकारीले कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरी निर्णायक समितिले सिफारिस गरेको फिल्मलाई पुरस्कार प्रदान नगरी अधिकार दुरुपयोग गरेको आरोप निवेदनमा लगाइएको छ ।
उक्त रिट दायर गरिएपछि न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बोर्डको सो निर्णय विरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो ।
अवार्डमा उत्कृष्ट फिल्मको विधा किन गायब पारियो भन्ने विषयमा अहिले चलचित्र विकास बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, मिडियामा आएको खबर अनुसार जुरीले ‘उत्कृष्ट फिल्म’मा ‘प्रकाश’को नाम सिफारिस गरेका थिए । तर, सूचना तथा संचार मन्त्रालयको ठाडो हस्तक्षेपमा यो विधामा अवार्ड नबाँडिएको खबर सार्वजनिक भएको थियो ।
यस्तै, उच्च अदालतले विपक्षी चलचित्र विकास बोर्डलाई राष्ट्रिय अवार्ड छनोटका क्रममा निर्णायक समितिले तयार पारेका सबै सक्कल कागजपत्र पनि माग गरेको छ ।
उत्कृष्ट फिल्मबाहेक बाँडिएको अवार्डमा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा अवार्ड जितेको थियो ।
यो पनि पढ्नुहोस्
बोर्ड अवार्डका जुरीको आरोप–‘नाम सार्वजनिक गर्नेले आर्थिक लेनदेन गरेको छ’
राष्ट्रिय अवार्डमा ‘उत्कृष्ट फिल्म’ गायब भएको भन्दै ‘प्रकाश’ टिम अदालतमा
‘प्रकाश’सँग डरायो सरकार, ‘उत्कृष्ट फिल्म’बाट काटियो नाम
विकास बोर्डको राष्ट्रिय पुरस्कारबाट ‘उत्कृष्ट फिल्म’ नै गायब
बोर्ड अध्यक्षको रुपमा भुवन केसीसँग जे अपेक्षा थियो त्यही भयो !

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

‘साङ्लो’ पछि विराजले घोषणा गरे ‘१२ गाउँ’

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

श्रृंखला र सम्भव मंसिर २८ मा लगनगाँठो कस्दै

प्रतिक्रिया